arrow

धर्मगुरू कृष्ण दासलाई जमानत आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
bangladesh-religion-24-12-3.jpg

काठमाडौँ । बङ्गलादेशको उच्च अदालतले आध्यात्मिक गुरु चिन्मय कृष्ण दासलाई देश द्रोहको मुद्दामा बुधबार जमानत दिएको छ।

न्यायाधीश मोहम्मद अतोर रहमान र न्यायाधीश मोहम्मद अली रेजाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।

बङ्गलादेश सम्मिलित सनातनी जागरण जोतेका प्रवक्ता तथा इस्कोनका पूर्व नेता चिन्मय कृष्ण दासलाई गत वर्ष नोभेम्बर २५ मा ढाका विमानस्थलबाट पक्राउ गरिएको थियो । 

उनमाथि बङ्गलादेशको राष्ट्रिय झण्डाको अपमान गरेको आरोप लागेको छ र उनमाथि देशद्रोहको आरोप लगाइएको छ ।

गत जनवरी २ मा चटगाँउको तल्लो अदालतले उनको याचिका खारेज गरेपछि उनले उच्च अदालतमा जमानतका लागि निवेदन दिएका थिए । 

गत फेब्रुअरीमा बङ्गलादेशको उच्च अदालतले दासलाई किन जमानत नदिने भनेर सरकारलाई स्पष्टीकरण सोधेको थियो।

दासका वकिल अपूर्वकुमार भट्टाचार्यले एएनआईसँगको कुराकानीमा भनेका छन्, “बङ्गलादेश उच्च अदालतले सरकारलाई दुई हप्ताभित्र जवाफ दिन भनेको छ ।”

जनवरी २ मा चटगाँउमा भएको सुनुवाइका क्रममा दासको प्रतिरक्षा टोलीले उन मातृभूमिप्रति गहिरो सम्मान राख्ने र आफ्नी आमाप्रतिको श्रद्धासँग तुलना गर्ने र देशद्रोही नभएको तर्क गरेका थिए तर यी तर्कहरूको बावजुद अदालतले जमानत याचिका अस्वीकार गरेको थियो ।

भट्टाचार्यले भने, “धर्मगुरू कृष्णदासले मातृभूमिलाई आफ्नी आमासरह सम्मान गर्नुहुन्छ । उहाँ देशद्रोही होइन भनेर हामीले अदालतसमक्ष उल्लेख गरेका थियौँ । यसपहिले, महानगरीय सत्रका न्यायाधीश मोहम्मद सैफुल इस्लामको नेतृत्वमा रहेको अदालतले दुवै पक्षको बहसपछि जमानत नदिने फैसला सुनाएको थियो ।”

न्यायाधीश सैफुल इस्लामको नेतृत्वमा रहेको चटगाउँको अदालतले दुवै पक्षको बहस सुनेपछि जमानत अस्वीकार गरेको थियो । कडा सुरक्षाका बीच उनको मुद्दामाथि सुनुवाइ भएको थियो ।

म्ुद्दामा महानगरीय सरकारी वकील मोफिजुर हक भुइयाँंले अभियोजन पक्षको प्रतिनिधित्व गरेका थिए। यो मुद्दाले सर्वसाधारणको व्यापक ध्यान आकर्षित गरेको छ, धेरैले बङ्गलादेश उच्च न्यायालयको घटनाक्रमलाई नजिकबाट नियालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ