सिप्रदी ट्रेडिङ्ग र ओरियन्टल इन्स्योरेन्सबीच नगद रहित बिमा दाबी सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
484
Shares
काठमाडौँ।टाटा मोटर्स नेपालको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बिमा दाबी सेवासम्बन्धी सम्झौता भएको छ।
काठमाडौँस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबिच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन्। सिप्रदीका भाइस प्रेसिडेन्ट सौरव राज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले सम्झौतामा हस्ताक्षर गरेका थिए।
कम्पनीका अनुसार, यस सहकार्यबाट टाटा ग्राहकहरूलाई सवारी दुर्घटना भएमा बिमा दाबी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ । यसअघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सानिमा इन्स्योरेन्ससँग पनि नगद रहित बिमा दाबी सम्झौता गरिसकेको छ।
कम्पनीको दाबी अनुसार, यस सेवाबाट २,५०० भन्दा बढी ग्राहकले छिटो र झन्झटमुक्त दाबी प्राप्त गरिसकेका छन्। सिप्रदीले भविष्यमा थप ग्राहकहरूलाई यस्तै सुविधा दिने योजना बनाएको छ।
यस सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।