शिक्षकसँग सरकारको निर्णायक वार्ता, गृहमन्त्री पनि सहभागी
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
760
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । आन्दोलनरत शिक्षकहरुले सरकारसँग वार्ता गरिरहेका छन् । दिउँसो २ बजेदेखि बसेको वार्तालाई निष्कर्षमा पुर्याउने गरी तयारी गरिएको छ । गएरातिको वार्ता सकारात्मक भएसँगै अहिले निर्णायक नै गराउने गरी वार्ता भइरहेको हो ।
सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच वार्ता भइरहेको हो । सो वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको नेतृत्वमा शिक्षा मन्त्रालयमा जारी रहेको छ ।
वार्ता जारी रहेका बखतमा गृहमन्त्री रमेश लेखक पनि प्रवेश गरेका छन् । नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगेपछि पहिलो चरणमा मन्त्रीपरिषद्बाट निर्णय गराउने योजना रहेको छ ।
दोस्रो चरणमा भने संसदबाट विधेयक पारित गराउने सर्तमा वार्ता भइरहेको हो ।
आज २९ दिनको आन्दोलन सकेर दिउँसो २ बजेदेखि वार्ता भइरहेको हो । गत चैत २० गतेदेखि शिक्षकहरु आन्दोलनमा छन् ।