arrow

शिक्षकका आन्दोलन वार्ताबाटै समाधान गरिने मन्त्रिपरिषद् बैठकको निष्कर्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
cabinet-82-1-15t.jpg

काठमाडौँ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बैठकमा शिक्षकहरुको आन्दोलन वार्ताको माध्यमबाट समाधान गर्न पहल भइरहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी गराएको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

आजै भएको वार्तामा आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको शिक्षामन्त्री पन्तले बैठकमा जानकारी गराएका थिए । 

त्यसैगरी बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसदका दुवै सदनमा  प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ