arrow

नीतिगत स्थिरता भएमात्र अर्थतन्त्र सबल हुन्छ – चन्द्र ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
chandra-dhakal-82-1-15.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई नेपाली कांग्रेसले बुझेको भन्दै अब नीतिगत अस्थिरता हटेर स्थिरता हुनेमा विश्वास व्यक्त गरेका छन् । 

नेपाली कांग्रेसको आयोजनामा राजधानीमा उद्योगी व्यवसायीहरुसँग भएको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नीतिगत अस्थिरताले गर्दा राजश्व बढाउने, रोजगारी बढाउने विषय अलमलमा रहेको बताए । 

उनले निजी क्षेत्र उत्साही रहेको भन्दै कानून राम्रा भएको तर कार्यान्वयन पक्ष सशक्त बनाउने हो भने अर्थतन्त्रले कायापलट गर्ने बताए । 

ढकालले आन्तरिक पुँजीलाई प्राथमिकता दिनुपर्नेमासमेत उनले जोड दिएका छन् । उनले नेपालमा खड्किएको विषय सुशासनको भएको भन्दै हालै वाणिज्य महासंघलेसमेत सुशासनमा जोड दिएकाले सरकारले पनि सुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । 

नेपालमै केही गर्न सक्छौँ भनेर विश्वास दिलाउन सक्नुपर्ने भन्दै उनले रोजगार बढाउन कम्तीमा पनि सय जना रोजगारतालाई अगाडि बढाएर उत्साही बनाउनु पर्ने बताए । 

ढकालले बजेट तर्जुमा गर्दा आकार बनाउने तर खर्च कम गर्ने भएकाले अबदेखि खर्च हुने बजेट बनाउन जोड दिए । 

उनले वातावरण नबिग्रने गरी खनिज उत्पादन निर्यात गर्नुपर्नेमा पनि जोड दिएका छन् । उनले विदेशीहरुलाई नेपालमा पाँच हजार डलरसम्म खर्च गर्न मिल्ने गरी नीति बनाउने हो भने आर्थिक पर्यटन सबल हुने बताए ।

नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागको आयोजनामा कांग्रेसले उद्योगीहरुसँग छलफल गरेको हो । 

अन्तरक्रियामा सभापति शेरबहादुर देउवा, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, प्रवक्ता डा प्रकाशचन्द्र महत, चेम्बर अफ कमर्शका कावा अध्यक्ष दीपक मल्होत्रा, नेपाल परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतका पदाधिकारीहरु उपस्थित थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ