arrow

कश्मीर हमलापछि नेपाल–भारत सीमामा बढाइयो सुरक्षा सतर्कता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
gasti-nepal-india.jpg

सुनसरी । भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि सुनसरी जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ। खुला सीमाका कारण हुनसक्ने अवाञ्छित गतिविधि रोक्न सीमा क्षेत्रमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।

जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए। सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले सीमा क्षेत्रमा गस्ती बढाएको छ। साथै, सीमा भएर आवतजावत गर्ने व्यक्तिहरूको जाँचपछि मात्रै आवागमन गर्न दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ