-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा हरेक वर्ष बैशाख कृष्ण चतुर्दशीदेखि मनाइने श्री कान्तिभैरव जात्राको सिन्दूर जात्रा मनाइएको छ ।
वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्न भगवान् भैरव आमाको घर आउने यो जात्रा राजा मानदेवको पालादेखि मनाउन शुरु गरिएको विश्वास गरिन्छ।
औंसीको बिहान सबेरै भैरवको खटलाई बोकेर आमाको मन्दिर अर्थात् कान्तिभैरवीमा ल्याएसँगै शुरु हुने यो जात्रा अक्षय तृतीयाको दिन सकिन्छ।
आमा मन्दिरबाट भैरव फर्काउने बेला छोरालाई बिदाई गर्न सिन्दूर जात्रा गरिएको जनविश्वास रहिआएको छ।