arrow

आन्दोलनको २६ औँ दिन

शिक्षकले तोड्न खोजे निषेधित क्षेत्र, ढुंगाले हानेपछि प्रहरीले फाल्यो पानीको फोहरा [फोटोफिचर]

एक जना पक्राउ, केही घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
teachers-protest-82-1-14t.jpg

काठमाडौँ । काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

गत चैत २० गतेदेखि शिक्षकहरु आन्दोलित छन् । उनीहरुले अहिलेसम्म संयमित आन्दोलन गरेको भए पनि आज भने निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पनि बल प्रयोग गरेको हो । 

बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ ।

विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन् । 

प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झडप हुँदा केही घाइते भएका छन् । 

teachers-jhadap-82-1-14 (5).jpg
teachers-jhadap-82-1-14 (6).jpg
teachers-jhadap-82-1-14 (7).jpg
teachers-jhadap-82-1-14 (8).jpg
teachers-jhadap-82-1-14 (9).jpg
teachers-jhadap-82-1-14 (1).jpg
teachers-jhadap-82-1-14 (2).jpg
teachers-jhadap-82-1-14 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ