arrow

आमा 

logo
कविता गौतम,
प्रकाशित २०८२ वैशाख १४ आइतबार
kabita-gautam-82-1-14.jpg

आमा तिमी त मेरो पहिलो गुरु
मेरो पहिलो सास तिमीबाट नै भयो शुरु
आमा पहिलो पाइला तिम्रै
औंला समाइ चाल्न सिके
अनि पहिलो बोली पनि तिम्रै लयमा बोल्न सिके
आमा तिमी मेरो पहिलो गुरु
जिवनको यात्रा तिमी बाट नै भयो शुरु
निस्वार्थ माया मैले 
तिमीबाट नै सिके आमा
अनि पीडामा हाँस्न पनि
ममता र प्रेमको उदाहरण तिमी नै हौ आमा
त्याग र बलिदानको अमूर्त रुप तिमी नै हौँ आमा
आमा तिमी मेरो पहिलो गुरु
सफलताको यात्रा पनि तिमी बाट नै भयो शुरु
तिमी  त मेरो भगवान हौँ आमा
तिमी मेरो सारा सन्सार हौँ मेरी प्यारी आमा ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ