arrow

बार्सिलोनाले जित्यो ३२ औँ कोपा डेल रेको उपाधि, चुक्यो रियाल मड्रिड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
copadelre-barcelona-real-ma.jpg

काठमाडौँ । स्पेनिश कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा रियाल मड्रिडलाई ३–२ ले हराउँदै बार्साले उपाधि जितेको हो । 

बार्साको यो कीर्तिमानी ३२ औँ कोपा डेल रे उपाधि हो । खेलको ११६औँ मिनेटमा जुल्स कुन्डेले निर्णायक गोल गर्दै बार्सालाई उपाधि दिलाएका हुन् । ला कार्टुजा स्टेडियममा भएको फाइनलमा पेड्रीले २८औँ मिनेटमा टाढाबाट गोल गर्दै बार्सिलोनालाई शुरूआती अग्रता दिलाए । तर दोस्रो हाफमा रियाल खेलमा फर्कियो । 

केलियन एम्बाप्पेले ७० औँ मिनेटमा फ्रिकिकबाट गोल गर्दै बराबरी गरे । त्यसपछि ७७ औँ मिनेटमा अरेलियन चुआमेनीले हेडरमार्फत रियाललाई २–१ को अग्रता दिलाए ।

८४औँ मिनेटमा फेरान टोरेसले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याए । र अन्ततः कुन्डेले बार्सिलोनाको जित सुनिश्चित गरे ।

बार्सिलोनाले यस सिजनका तीनै क्लासिकोमा रियाललाई पराजित गरेको छ। जनवरीमा स्पेनिश सुपर कपको फाइनलमा ५–२ र अक्टोबरमा लिग खेलमा रियललाई ४–० ले हराएको थियो । 

अब बार्साले बुधबारदेखि शुरु हुने च्याम्पियन्स लिग सेमिफाइनलमा इन्टर मिलानविरुद्ध खेल्न आत्मविश्वासका साथ अघि बढेको छ। साथै बार्सिलोना ला लिगामा पनि रियालभन्दा चार अंकले अगाडि छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ