arrow

विधायन व्यवस्थापन र मूल्याङ्कन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ८ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा नेपाल सरकारले प्रस्तुत गर्ने आ.व. २०८२-०८३ को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा छलफल र समसामयिक विषयमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ