arrow

बैंककबाट फर्किएसँगै देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
oli-deuba-81-5-1.jpg
तस्बिर फाइल

काठमाडौँ । थाइल्यान्डको बैंककबाट फर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । 

नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए।
 
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

सभापति देउवा थाइल्यान्डको बैंककमै रहेकै बेला बिहीबार साँझ फोनमार्फत प्रधानमन्त्री ओलीले देउवासँग सरकार परिवर्तनको हल्लाबारे कुराकानी गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ