arrow

पाकिस्तानी दूतावास अगाडि सुदीप न्यौपाने हत्याको विरोधमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १३ शनिबार
protest-pakistani-ambassy-8.jpg

काठमाडौँ । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा बुटवलका सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ । 

शनिबार नेपाल नागरिक अभियानले काठमाडौँस्थित पाकिस्तानी दूतावासको अगाडि प्रदर्शन गरेको हो । आतंकवादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले गत मंगलबार दिउँसो ज्यान गुमाएका थिए । 

आतंकवादीले नाम र धर्म सोधेर अन्धाधुन्ध गोली हानेर २७ जनाको हत्या गरेका थिए । 

सो घटनाको विरोधमा आतङ्कवादविरुद्ध ऐक्यवद्धता जनाउँदै पाकिस्तानी दूतावास अघि प्रदर्शन भएको छ । 

उनीहरुले हिन्दूको हत्या बन्द गर, पाकिस्तानी सेना मुर्दावाद, आतंकवाद मुर्दावाद, आतंककारीलाई कारबाही गर, मानवताको रक्षा गर लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ