arrow

पाकिस्तान बन्यो आतंकवादीको संरक्षक, विदेशमन्त्रीले भने – स्वतन्त्रता सेनानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
ishaq-dar-pak-fm.jpg

काठमाडौँ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले आतंककारीहरूलाई स्वतन्त्रता सेनानीको संज्ञा दिएका छन् । जम्मू–कश्मीरको पहलगाम घटनामा भारतले आफ्नो असफलता लुकाउन पाकिस्तानलाई दोष दिइरहेको आरोप लगाउँदै दारले आतंककारीहरुको प्रशंसा गरेका हुन् । 

पहलगाममा मंगलबार दिउँसो पाकिस्तानी सरकारले साथ दिइरहेको आतंकवादी समूह लश्कर–ए–तोयबाले एक नेपालीसहित २७ जनालाई नाम र धर्म सोधेर सबै हिन्दूधर्मीको गोली हानी हत्या गरेको हो । 

उक्त कदमको विश्वभरबाट आलोचना भइरहँदा पाकिस्तानी विदेशमन्त्रीले भने उक्त कदमको समर्थन गरेका हुन् । 

उपप्रधानमन्त्रीसमेत रहेका दारले भने, ‘हामी आभारी हुनुपर्छ कि उनीहरू पनि स्वतन्त्रता सेनानी हुन सक्छन् । यद्यपि हामीलाई थाहा छैन कि तिनीहरू को हुन् ।’

उनले सिन्धु जल सन्धि रद्द गर्नु भनेको युद्ध जस्तै भएको भन्दै भारतलाई धम्कीसमेत दिएका छन् । 

पाकिस्तानी विदेशमन्त्रीले भने कि यदि कसैले कुनै पनि दुस्साहस गर्ने प्रयास गर्छ भने पाकिस्तानी सेना त्यस्तो चुनौतीको जवाफ दिन तयार छ । 

दारले सिन्धु जल सन्धि रद्द नगर्न भारतलाई चेतावनी पनि दिए। उनले भने कि यो युद्ध जस्तै हो। उनले भने, ‘पाकिस्तानमा २४ करोड मानिसहरूलाई पानी चाहिन्छ। तपाईं यसलाई रोक्न सक्नुहुन्न। यदि भारतले पानी मोड्ने प्रयास गर्छ भने त्यो युद्ध जस्तै मानिनेछ।’

सो अवसरमा पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफ पनि साथमा उपस्थित थिए । उनले यदि भारतले आफूहरुको नाम ताने उचित जवाफ दिने बताए । 

पाकिस्तानले पाकिस्तानसँग पनि आणविक हतियार भएको भन्दै विश्व चिन्तित हुनुपर्ने बताएको छ । 

भारतले भने आतंकवादीलाई साथ दिन बन्द गर्नुपर्ने भनेको छ । 

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादीलाई विश्वको अन्तिम छेउँसम्म पुगेर पनि नछाड्ने उद्घोष गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ