arrow

कोब्रा नागिन डान्स लिएर आए कृष्ण, खुइली र आशिक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
khuilee-nagin-dance.jpg

काठमाडौँ । कृष्ण श्रेष्ठ गीतकारका साथै अभिनयमा पनि आफ्नो पहिचान स्थापित गर्न अघि सरेका छन् । उनले आफ्नै शब्द रहेको ‘किङ कोब्रा नागिन डान्स’ बोलको गीतमार्फत पाइला अगाडि बढाएका हुन् । 

उक्त गीतमा चर्चित कोरियोग्राफर तथा निर्देशक आशिक राईले संगीत गरेका छन् । गीतको शब्दमा श्रेष्ठलाई माया मोक्तानले साथ दिएकी छन् भने गीतमा खुइलीको उपनामले परिचित नविना सिलवाल र आशिक राईको स्वर रहेको छ । कृष्ण श्रेष्ठ र डिल्लीराम राईले समूहमा रहेर गाउन सघाएका छन् ।

रोमाञ्चक बनाइएको भिडियोमा कृष्ण श्रेष्ठकै प्रमुख भूमिका रहेको छ । उनको साथमा आशिक राई र खुइलीको पनि अभिनय तथा नृत्य रहेको छ । अमन बाबुले छायाँकन गरेको भिडियोको सम्पादन जोहन राईले गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ