arrow

राजावादीलाई ओलीको प्रश्न - जङ्गली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न खोजेको ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
oli-11.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूलाई जङ्गली र राक्षसी प्रवृत्ति देखाएर कस्तो शासन गर्न खोजेको भन्दै प्रश्न गरेका छन् । बिहीबार नेकपा(एमाले)ले काठमाडौंमा आयोजना गरेको यूथ सेलिब्रेसनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा र सुदृढीकरणमा लाग्न युवा मकार्यकर्ताहरूलाई आग्रह समेत गरे । 

उनले जनताको बलिदानको र सङ्घर्षको अपमान गर्ने तथा सफलतालाई अस्वीकार गर्ने काम भएको भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध युवाहरूले लड्नुपर्ने बताए । आफू सचेत भएर राम्रा कुरा स्वीकार गरेर अघि बढ्नुपर्ने बताए । उनले अबको समय युवाहरूको भएकाले आम्दानी, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताए । 

उनले भने, ‘देशमा संविधान नमान्ने, लोकतन्त्र नमान्ने, जनताको बलिदानको अपमान गर्ने, सङ्घर्षको अपमान गर्ने र सफलतालाई अस्वीकार गर्ने र त्यसलाई मजाक उडाउने काम भएको छ । प्रतिगमनतिर देशलाई लानका निम्ति जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, व्यक्तिका घरहरू, पार्टीका कार्यालयहरू, व्यापारिक घराना र मिडिया हाउसहरूभित्र आक्रमण गर्ने जङ्गली होइन राक्षसी प्रवृत्ति देखाएर फेरि जनतामाथि कस्तो शासन थप्न खोजेका छन् ? यस्ता कुराको सबैले सुन्ने र बुझ्ने गरी अस्वीकार गर्नुपर्दछ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ