काठमाडौँ । विश्व हिन्दू महासंघ नेपालको संरक्षकमा संहिता शास्त्री गुरु अर्जुनप्रसाद बास्तोला मनोनित भएका छन् । उनलाई महासंघका अध्यक्ष डा रामचन्द्र अधिकारीले संरक्षकमा मनोनित गरेका हुन् ।
एक विज्ञप्ति जारी गरी अधिकारीले बास्तोलाको मनोनयनले भारत तथा अन्य मुलुकमा महासंघको सम्बन्ध विस्तारमा टेवा पुग्ने जनाएका छन् ।
बास्तोलाले विश्व हिन्दू महासंघ स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर काम गरिरहेका थिए ।
महासंघ नेपालका सबै जिल्ला तथा पालिकाहरूसम्म विस्तार भएको संस्था हो । यसले वैदिक सनातन हिन्दू राष्ट्र पुनःस्थापना गर्न तथा पूर्वीय दर्शन, सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि निःस्वार्थ काम गर्दै आएको छ।