arrow

पहलगाममा आतङ्ककारी हमला

पाकिस्तानी उच्च आयोगबाहिर प्रदर्शन, मिसाइल परीक्षणको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
India-pakistan.jpeg

काठमाडौँ । जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलाको विरोधमा आज दिल्लीस्थित पाकिस्तानी उच्च आयोगबाहिर प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन्। आक्रोशित प्रदर्शनकारीहरूले पाकिस्तानविरुद्ध नाराबाजी गर्दै घटनामा संलग्नहरूलाई कडा कारबाही गर्न माग गरेका छन्। 

भारतीय गुप्तचर निकायहरूका अनुसार, भारतको सम्भावित जवाफी कारबाहीको आशङ्कामा पाकिस्तानी वायुसेनाले गत राति उच्च सतर्कता अपनाएको थियो। प्राप्त समाचार अनुसार, पाकिस्तानले आफ्ना १८ वटा लडाकु विमानहरूलाई कराचीस्थित एयरबेसबाट भारतसँगको सीमा नजिकैका विभिन्न एयरफोर्स स्टेसनहरूमा तैनाथ गरेको छ।

यससँगै पाकिस्तानले मिसाइल परीक्षणको तयारी गरेको छ । आज र भोलि कराची तटबाट टाढा आफ्नो विशेष आर्थिक क्षेत्र भित्र पर्ने तटीय इलाकामा सतहदेखि सतहमा मार हान्ने मिसाइल परीक्षण गर्ने पाकिस्तानले घोषणा गरेको छ। यस सम्बन्धमा पाकिस्तानले एक सूचना जारी गर्दै उक्त क्षेत्रमा जलमार्ग र हवाई मार्ग प्रयोग गर्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ।

पहलगाम हमला र त्यसपछिका गतिविधिहरूलाई दृष्टिगत गर्दै भारत सरकारले पाकिस्तान सरकारको आधिकारिक एक्स ह्यान्डललाई भारतमा प्रतिबन्ध लगाएको छ। यसैबीच, संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरूका लागि नयाँ यात्रा  डिसएचभाइरी जारी गर्दै उनीहरूलाई जम्मू कश्मीरको यात्रा नगर्न सल्लाह दिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ