arrow

मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्दै चीन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
china-satalite.JPG

काठमाडौँ । चीनले आज मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ । चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम अन्तर्गत ‘शेन्जोउ-२०’ अन्तरिक्ष यान यही बिहीबार अप्रिल २४ तारिखका दिनअर्थात आज दिउँसो ५:१७ बजे उत्तरपश्चिम चीनस्थित जिउचुवान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिने छ ।

‘शेन्जोउ-२०’ चीनको मानवयुक्त अन्तरिक्ष यान श्रृङ्खला ‘शेन्जोउ’ को एउटा सम्भावित भविष्यको मिशन हो, जुन चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशनसँग सम्बन्धित हुनेछ । यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत सञ्चालन हुने मिशनहरूमा पर्दछ, जसलाई चीनको अन्तरिक्ष एजेन्सी (सीएसएमए) ले व्यवस्थापन गर्छ । शेन्जोउ मिशन अन्तरिक्ष यात्री र वैज्ञानिक उपकरणहरूलाई अन्तरिक्ष स्टेशनमा पठाउने तथा फर्काउने कार्यमा प्रयोग गरिन्छ । शेन्जोउ-२० ले पनि चालक दलको अनुसन्धानका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यस अन्तरिक्ष यानमा तीनजना अन्तरिक्ष यात्री डोङ (कमाण्डर), चेन् झोङरुई र वाङ जिए सहभागी हुनेछन् । सीएसएमएका प्रवक्ता लिन सीछ्याङका अनुसार, प्रक्षेपण हुने दिन चीनको दशौं ‘अन्तरिक्ष दिवस’ पनि परेको छ । चीनले सन् २०१६ देखि अप्रिल २४ तारिखलाई आफ्नो पहिलो उपग्रह ‘दोंगफाङहोङ-१’ को सफल प्रक्षेपणको सम्झनामा अन्तरिक्ष दिवसको रूपमा मनाउँदै आएको छ ।

शेन्जोउ-२० को प्रक्षेपणका लागि लङ मार्च-२एफ नामक रकेट प्रयोग गरिनेछ, जसमा चाँडै इन्धन भरिने प्रक्रिया अगाडि बढ्नेछ । हाल सबै तयारी कार्यहरू सुचारु र व्यवस्थित रूपमा अघि बढिरहेको सीएसएमएले जनाएको छ ।

शेन्जोउ-२० मिशन चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमको ३५औं उडान हो भने अन्तरिक्ष स्टेशनको प्रयोग र विकास चरणको पाँचौं मानवयुक्त मिशन हो ।

प्रक्षेपण पश्चात् करिब ६.५ घण्टाभित्र अन्तरिक्ष यानले स्वचालित रूपमा ’तियान्हे’ नामक कोर मोड्युलको रेडियल पोर्टमा डक गर्नेछ । यसरी तीन मोड्युल र तीन अन्तरिक्ष यान मिलेर एउटा संयोजन तयार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ