काठमाडौँ । ब्रजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोस कालोपुलस्थित जेभिर्यस इन्टरनेशनल कलेज पुगेका छन् ।
एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका कार्लोस आज सो कलेजमा पुगेर विद्यार्थीसँग अन्तरक्रिया पनि गरे । उनलाई कलेजका सञ्चालक लोकबहादुर भण्डारी, गोपाल भण्डारीलगायतले स्वागत गरेका थिए ।
सञ्चालक भण्डारीले अध्यापन र खेलकुद सधैँ हाम्रो प्राथमिकतामा पर्ने भएकाले कार्लोसको आगमनले आफूहरु हर्षित भएको बताए ।