काठमाडौँ । संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सिंहदरबारस्थित समितिका कार्यालयमा ती बैठक बस्नेछन् ।
जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल हुनेछ ।यो बैठक बिहान ११ बजे बोलाइएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने समितिको आगामी अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिने जनाइएको छ । जसका लागि मध्यान्ह १२ बजे बैठक बोलाइएको छ ।
साथै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेपाल सरकारले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजेबाट शुरू हुनेछ ।