arrow

दुईदेखि छ वर्षका तीन बालबालिकाको विष सेवनबाट मृत्यु, आमा सिकिस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ९ मंगलबार
Sahidnagar_NaPa.png

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त छिन् ।

गएराति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । 

 विष सेवनबाट स्थानीय सुशील साहका छ वर्षीय छोरा आदित्य, चार वर्षीया छोरी आकृति तथा दुई वर्षीया छोरी आरुती साह मृत्यु भएको हो । 

तीनै जनाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ