arrow

नेपाल आए फुटबल लिजेन्ड रोबर्टो कार्लोस [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ९ मंगलबार
roberto-carlos-nepal-25-4-2.jpg

काठमाडौँ । विश्वकप विजेता ब्रजिलियन फुटबल लिजेन्ड रोबर्टो कार्लोस नेपाल आएका छन् । उनी मंगलबार बिहान नेपाल आएका हुन् । उनी एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आएका हुन् । 

एनसेल एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले  दिएको जानकारी अनुसार उनले बुधबार हुने धनगढी एफसी र पोखरा थन्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।

यसअघि गत शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वास्थ्य अवस्थाका उनको भ्रमण स्थगित भएको थियो । कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ । 

५१ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्रजिलका लागि खेलेका थिए । उनीले सन् २००२ को फिफा विश्वकप जिताउन योगदान गरेका थिए ।
 
को हुन् कार्लोस ?
फुटबलका ग्लोबल आइकन रोबर्टो कार्लोस आफ्नो शक्तिशाली फ्रिकिक, गति र मैदानमा अतुलनीय ऊर्जाका लागि परिचित छन् । स्पेनिश क्लब रियाल मड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडीसमेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरहरू मध्ये एक हुन्। 

फिफा विश्वकप र चार ला लिगा उपाधिहरू सहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलमा उनले विश्वभरका लाखौं फुटबल प्रेमीहरूलाई प्रेरित गरेका छन्।

कार्लोसको उपस्थितिबाट एनएसएल मञ्चमा जोश र उत्साह छाउने अपेक्षा गरिएको छ। रोबर्टो कार्लोसको नेपाल भ्रमण नेपाली फुटबलका लागि गर्विलो क्षण हो। एनएसएलमा उनको उपस्थितिले विश्व फुटबलको नक्सामा हाम्रो लिगको पहिचान अझै उजागर हुनेछ। एनसेल एनएसएलमा कार्लोसको उपस्थिति लिगको लागि एक ठूलो उपलब्धि र देशको लागि पनि गर्वको क्षण हो।

नेपालको प्रमुख फ्रेन्चाइज(आधारित फुटबल प्रतियोगिता नेपाल सुपर लिग ९एनएसएल० ले देशभरका शीर्ष प्रतिभाहरूलाई एकै ठाउँमा ल्याइरहेको छ। रोमाञ्चक खेलहरू, उत्साही फ्यानहरू र अब रोबर्टो कार्लोसको उपस्थितिसँगै यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो सावित हुँदैछ । 
 

roberto-carlos-nepal-25-04-22 (6).jpeg
roberto-carlos-nepal-25-04-22 (7).jpeg
roberto-carlos-nepal-25-04-22 (8).jpeg
roberto-carlos-nepal-25-04-22 (1).jpeg
roberto-carlos-nepal-25-04-22 (2).jpeg
roberto-carlos-nepal-25-04-22 (3).jpeg
roberto-carlos-nepal-25-04-22 (4).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ