arrow

प्रधानमन्त्रीको शिक्षकहरूलाई आग्रह: सहमति गरी घर फर्कनुहोस् [भिडियो]

एउटा ऐन बोक्न यत्रोबिघ्न मान्छे चाहिन्छ ? ऐन त संसदीय उपसमितिमा छलफल भइरहेको छ, समितिमा आउँछ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
oli-0s-08.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई सहमतिमा आई घर फर्कन आग्रह गरेका छन्। आज एक कार्यक्रममा उनले अहिलेको सरकारले शिक्षा ऐन ल्याउनका लागि कुनै कसर बाँकी नराख्ने बताए।

प्रधानमन्त्री ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव भएका मागहरूलाई राज्यले सम्बोधन गर्ने भएकाले तत्काल वार्तामा बसी विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आह्वान गरे।

उनले भने, "उहाँहरुले ऐन लिएर जान्छौं भन्नुभएको छ । एउटा ऐन बोक्न यत्रोबिघ्न मान्छे चाहिन्छ ? ऐन त संसदीय उपसमितिमा छलफल भइरहेको छ । समितिमा आउँछ । त्यसपछि मुल हाउसमा आएर संसदबाट पारित हुन्छ । अहिलेसम्म जतिपनि ऐन आएका छन् सडकमा मान्छे आएरै आएका हुन् ? त्यसै आउने ऐनलाई हामीले ऐन ल्यायौं भन्ने पार्नको लागि यत्रो दुःख किन गर्नुपर्यो ? तपाईहरु हुनुहुन्छ र त ऐन बन्ने हो नि ।  हामीले शिक्षा ऐन ल्यायौं भन्ने पार्नको लागि दुःख गर्नु पर्दैन। विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ। ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सडकमा आन्दोलनमा आउनु पर्दैन। भर्ना अभियान सुरु भइसकेको छ। कृपया जानुहोस्, विद्यालयमा गएर भर्ना गराउनुहोस्। एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुहोस्। एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुहोस्। गुणस्तरीय शिक्षाका लागि लाग्नुहोस्।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ