arrow

लिभरपुललाई लिग उपाधि जित्न एक जित वा आर्सनलको हार काफी  

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
liverpool-25-4-21.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिगमा लिभरपुल २० औँ उपाधि नजिक पुगेको छ । लिगका पाँच खेल खेल्न बाँकी रहँदा लिभरपुललाई उपाधिका लागि एक जित काफी हुनेछ । पाँच ओटै खेल हार्दासमेत यदि दोस्रो स्थानको आर्सनलले एक खेल हार बेहोर्यो भने पनि लिभरपुलको उपाधि सुनिश्चित हुनेछ । 

आफ्नो ३३ औँ खेलमा आइतबार राति ट्रेन्ट एलेक्ज्यान्डर–आर्नोल्डले दोस्रो हाफमा निर्णायक गोल दिलाएसँगै लिभरपुलले लेस्टर सिटीमाथि १–० को कठिन जितसहित महत्वपूर्ण ३ अंक जोडेको छ । 

अब लिभरपुलले आगामी आइतबारसम्म भने उपाधि जित्ने छैन । आइतबार एनफिल्डको घरेलु मैदानमा टोटनह्याम हट्सपरमाथि जित निकाल्न सके उपाधिको खुशी घरमै मनाउन पाउनु रोमाञ्चक हुनेछ । 

सन् २०१६ को प्रिमियर लिग विजेता लेस्टर सिटी भने रेलिगेशनमा परेको छ । 

यता आर्सनलले आइतबार इप्सविचलाई ४–० ले पराजित गर्दै लिभरपुलको उपाधि उत्सव केही समय रोकिदिएको थियो । 

आइतबारका अन्य खेलमा चेल्सीले फुल्हमलाई २–१ ले र वुल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो । 

अंक तालिका
३३ खेलबाट लिभरपुलको ७९ अंक छ । आर्सनलको ६६, न्यूकासल युनाइटेडको ५९, म्यानचेस्टर सिटीको ५८ तथा चेल्सी र नटिंघम फरेस्टको समान ५७ अंक छ । 

इप्सविच टाउन, लेस्टर सिटी र साउथह्याम्पटन ५ खेल खेल्न बाँकी छँदै रेलिगेशनमा परेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ