arrow

रविको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ, चैत २२ देखि थुनामै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
ravi-arrest-81-12-22.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । 

लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षकरणको रिटमा सुनुवाइ हुन लागेको हो । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेर पक्राउ गर्न आदेश दिएको थियो । 

सोही आदेश बमोजिम लामिछाने गत चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् ।

रविको निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यसअघि कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको थियो । उक्त आदेशपछिको सुनवाइ नहुँदै रविका तर्फबाट निकिताले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । 

रिटमा रविलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न माग गरिएको छ । थुनछेक वा तोकिएको धरौटी, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने कानूनी व्यवस्था छ । 

रविमाथि चार ओटा सहकारी ठगेको मुद्दा छ । यसअघि उनले २ करोड ७९ लाख धरौटीसमेत बुझाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ