arrow

तेस्रो त्रैमाससम्म ग्लोबल आईएमई बैंकको खुद नाफा चार अर्ब ५३ करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
global-ime-bank-building-fi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ ।  ग्लोबल आईएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ अर्ब ५३ करोड खुद मुनाफा गरेको छ। गत आर्थिक वर्ष बैंकले ३ अर्ब ३० करोड खुद मुनाफा गरेको थियो । खुद मुनाफा ३७.१२ प्रतिशत बढेको हो ।

खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेको छ । कम्पनीको गत वर्ष १३ अर्ब २ करोड खुद ब्याज आम्दानी रहेकोमा यो वर्ष १२ अर्ब ३१ करोड खुद ब्याज आम्दानी रहेको छ ।  संचालन मुनाफा ३४.४१ प्रतिशतले बढेको छ । यो वर्ष ६ अर्ब ३३ करोड संचालन मुनाफा रहेकोमा गत वर्ष ४ अर्ब ७१ करोड संचालन मुनाफा थियो  ।

कम्पनीको प्रति शेयर नेटवर्थ  १७३.४७ रहेको छ ।

प्रतिशेयर आम्दानी १२.२० बाट बढेर १५.८६ रुपैयाँ पुगेको छ। वितरण योग्य मुनाफा ३ अर्ब ५४ करोड ९२ लाख रहेको छ ।

कम्पनीले ५ खर्ब १७ अर्ब निक्षेप उठाएको छ भने ४ खर्ब १३ अर्ब कर्जा दिएको छ।

कम्पनीको खराब कर्जा बढेर ४.९८ प्रतिशत पुगेको छ। गत वर्षको खराब कर्जा ४.७४ प्रतिशत थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ