काठमाडौँ । बंगलादेशमा हिन्दू नेताको पिटेर हत्या गरिएको छ । हिन्दू नेता भावशचन्द्र रोयलाई कुटीकुटी मारिएको हो ।
उनलाई गत बिहीबार दिउँसो घरबाट अपहरण गरिएको थियो । त्यसपछि पिटीपिटी मारिएको थियो ।
उक्त कदमप्रति विश्वले गम्भीर आपत्ति जनाएको छ ।
नेपालका नेताहरुलेसमेत उक्त घटनाको निन्दा गरेका छन् । भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै हिन्दू अल्पसंख्यकमाथि निरन्तर आक्रमण हुनु गम्भीर विषय भएको बताएको छ ।
मन्त्रालयले अपराधी निडर भएर हिँडिरहेको भन्दै यो सिंगो हिन्दू अल्पसंख्यकको उत्पीडन भएको जनाएको छ ।
बंगलबादेशमा यो वर्षमात्रै अल्पसंख्यक हिन्दूमाथि ७२ हमला भएको छ ।