arrow

यू–१९ विश्वकप छनोटः खेल रद्द हुँदा नेपाल बाहिरियो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ६ शनिबार
rain-mulpani-cricket-82-01-.jpg

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोट क्रिकेट प्रतियोगितामा नेपाल निराश भएको छ । वर्षाका कारण अफगानिस्तानसँगको खेल रद्द भएसँगै नेपाल बाहिरिएको हो । 

मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा दिउँसो २ बजे निरीक्षणमा मैदानमा छिरेको टिमले अगाडि खेलाउन नसकिने जनाएसँगै खेल रद्द भएको हो ।  

बिहान पानी परेका कारण खेलमा टससमेत हुन सकेन । ओभर घटाएर खेल खेलाउन प्रयत्न भए पनि मैदान चिसो भएका कारण निरन्तर नेपाल क्रिकेट संघ क्यानको टिमले सुकाउने प्रयास निकै गरेको थियो ।  

तर खराब मौसमका कारण खेलमा टसमेत भएन । खेल जितेमात्र नेपाल विश्वकपमा छानिने थियो । हार वा खेल स्थगित भए अफगानिस्तान छानिनेमा अफगानिस्तान छानियो । 

के थियो खेलको अवस्था 
नेपाल लगातार तीन जितपछि चौथो जितको खोजीमा थियो । यो जित हासिल गरे नेपाल विश्वकपमा छानिने थियो । अर्थात् अफगानिस्तानले पनि यसअघिका तीन ओटै खेल जितेको थियो । 

रन रेटमा नेपालभन्दा अफगानिस्तान अगाडि थियो । यो खेलको आजको विजेता नै विश्वकपमा छानिने थियो ।

यसअघि अफगानिस्तानले नेपालसँग तीन ओटा अभ्यास खेल खेलेको थियो । जसमा अफगानिस्तान २–१ ले विजयी भएको थियो । 

अफगानिस्तान बलियो टिम हो । तर घरेलु मैदानमा नेपालले पनि जादू देखाउन सक्छ । 

नेपालले पहिलो खेलमा यूएईलाई डकवर्थ लेविस पद्धति (डीएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८ विकेटले हराएको थियो । 

त्यस्तै तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको शानदार जित निकालेर अफगानिस्तानसँग भिड्न आइपुगेको थियो ।

जित्ने टोलीले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा खेल्नेछ । अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

mulpani-ground-rain-25-4-19 (1).jpg
mulpani-ground-rain-25-4-19 (2).jpg
mulpani-ground-rain-25-4-19 (3).jpg
mulpani-ground-rain-25-4-19 (4).jpg
mulpani-ground-rain-25-4-19 (5).jpg
mulpani-ground-rain-25-4-19 (6).jpg
mulpani-ground-rain-25-4-19 (7).jpg
mulpani-ground-rain-25-4-19 (8).jpg
mulpani-ground-rain-25-4-19 (9).jpg
mulpani-ground-rain-25-4-19 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ