काठमाडौँ । काठमाडौँमा आज धार्मिक वाकाथन भएको छ । नागार्जुन नगरपालिका वडा नं ७ रामकोटस्थित बद्रिनारायण धाममा वैशाख १९ गतेदेखि २७ गतेसम्म हुन गइरहेको प्राण प्रतिष्ठा एवं अनुष्ठान कार्यक्रमको प्रचारका लागि उक्त धार्मिक वाकाथन भएको हो ।
नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस फाउण्डेशनको संयुक्त आयोजनामा सीतापाइला चोकदेखि बद्रीनारायण धामसम्म वाकाथन भएको हो ।