arrow

आन्दोलनको सत्रौँ दिन प्रधानमन्त्रीले बोलाए शिक्षकलाई वार्तामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
teachers-protest-82-01-04q-.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएका छन् । १७ दिनसम्म सडक ठप्प पारी विद्यालयको भर्नासमेत प्रभावित पारी आन्दोलनमा होमिएका शिक्षकलाई ढिला गरी प्रधानमन्त्री ओलीले वार्तामा बोलाएका हुन् । 

उनीहरुसँग बेलुकी ७ बजे वार्ता हुने बताइएको छ । योसँगै आन्दोलनरत नेपाल शिक्षक महासंघका पदाधिकारी तयारीमा जुटेका छन् । 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग छलफल गर्नेछ । 

शिक्षकहरुले आफूहरुको माग सम्बोधन नभएसम्म सडक आन्दोलन नछाड्ने बताउँदै आएका छन् । 

केही दिनअघिमात्रै प्रधानमन्त्री ओलीले शिक्षकले आफ्नो ढिपी छाड्नु पर्ने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ