arrow

अर्थ सचिवको सुझाव- निजामती कर्मचारीको अवकाश ६० वर्ष गरौँ [भिडियो]

 उमेरहद ५८ बाट ६० वर्ष पुर्‍याए वार्षिक ६० अर्ब रुपैयाँसम्म बचत हुने, ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ करोड रुपैयाँ खर्च बढ्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
ghanashayam-updhaya.jpg

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले निजामती लगायत कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्‍याउनुपर्ने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पुर्‍याए वार्षिक ६० अर्ब रुपैयाँसम्म बचत हुने बताए । उनले मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै थप अतिरिक्त पद सिर्जना गर्न नहुने बताए । उनले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ करोड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे । उनले सहसचिवको बढुवालाई समयबद्ध बनाउन सचिव र अतिरिक्त सचिवको समयावधि घटाउनु उपयुक्त हुने बताए । 

उनले भने, ‘अतिरिक्त सचिव नेपालको सन्दर्भमा असफल अभ्यास हो । यसले निर्णयको तह पनि बढाउँछ र खर्च पनि बढाउँछ । ३० वटा अतिरिक्त सचिव हुँदा वार्षिक रूपमा ७ करोड जति खर्च बढ्दो रहेछ । र अर्को कुरा हामीले यहाँ जति छलफल गरे पनि सचिवको पद घटाउन नसक्ने अवस्थामा छौं । किनभने सहसचिव ११ देखि १२ वर्षमा सचिवमा बढुवा हुन्छन् । सहसचिवको बढुवालाई समयबद्ध गराउने दृष्टिले अतिरिक्त सचिव आएको हो जस्तो लाग्छ । र त्यसलाई व्यवस्थापन गर्न सचिव र मुख्य सचिवको १-१ वर्ष समयावधि घटाउने जुन प्रस्ताव छ त्यसले यसको व्यवस्थापन हुन्छ जस्तो लाग्छ । सचिवको कार्यअवधि पनि घटाउन नसक्ने र अतिरिक्त सचिव पनि सिर्जना हुने अवस्था आउँदा हिजो सहायक सचिव र उपसचिव लगायतबाट पाठ सिकेर यो नगर्दा नै उपयुक्त हुन्छ भन्ने म सुझाव दिन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ