arrow

राज्य व्यवस्था तथा सुशासन समिति

आगामी अधिवेशनमा निजामती ऐनलाई संसद्‌मा पेस गर्ने तयारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
ramhari.jpg

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती ऐनलाई आगामी अधिवेशनमा संसद्‌मा लैजाने गरी काम भइरहेको बताएका छन् । शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयकमा छलफल गर्दा कोही पनि सांसद पार्टीगत रूपमा प्रस्तुत नभएको र नहुने प्रतिबद्धता जनाए । उनले सांसदहरूले स्वतन्त्रतापूर्वक विधेयमाथि धारणा राख्नुभएको उल्लेख गर्दै व्यक्तिगत फाइदा नहेरी काम भइरहेको बता‌ए । उनले मुलुकको हितका लागि कानून बन्ने बता‌ए ।
 
उनले भने, ‘हामी यहाँ पार्टीगत रूपमा प्रस्तुत भएका छैनौँ । जातिगत रूपमा प्रस्तुत भएका छैनौँ । माननीय सदस्यहरूले इन्डिपेण्डेट रूपमा आफ्ना कुराहरू राख्नुभएको छ, स्वतन्त्रतापूर्वक । मुलुक सुहाउँदो रूपमा कानून बनोस् । हामी व्यक्तिगत कसलाई फाइदा र कसलाई बेफाइदा नहुने गरी मुलुकको हितका लागि कानून आउनेछ । हामी जतिसक्दो चाँडो आगामी अधिवेशनमा यो विधेयक लैजाने तयारीका साथ लागेका छौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ