arrow

देशमा स्थानीय, पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको प्रभाव : कोशीमा भारी वर्षाको सम्भावना, पहाडी भेगमा बदली र चट्याङ

सतर्क रहन मौसम विभागको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। विशेषगरी कोशी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। यसका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशलगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशमा स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीका कारण वर्षा र बदलीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ