arrow

प्रत्येक दुई मिनेटमा एक गर्भवतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
china-women-female-pregnant.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सन् २०२३ मा करिब २.६ लाख महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु भएको थियो । यसको मतलब प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकजस्ता राष्ट्रसंघीय निकायको प्रतिवेदनमा यो तथ्यांक बाहिर आएको हो ।

भारतमा सन २०२३ मा लगभग १९ हजार महिलाको गर्भावस्था वा सुत्केरीको समयमा मृत्यु भएको देखिएको छ । यसको मतलब गर्भावस्था सम्बन्धी जटिलताको कारणले गर्दा हरेक दिन औसत ५२ महिलाको मृत्यु हुने गरेको छ ।

धेरैजसो अवस्थामा मधुमेह र हृदय रोगजस्ता दीर्घकालीन रोगहरूको कारण गर्भवती महिलाको मृत्यु भएको छ । कतिपय अवस्थामा सरसफाइको अभाव र संक्रमणका कारण मृत्यु हुने गरेको छ। 

विश्वको आधा मातृ मृत्यु मात्र ४ देशमा हुने गरेको छ । विश्वमा हरेक वर्ष हुने कुल मातृ मृत्युमध्ये आधा नाइजेरिया, भारत, कङ्गो र पाकिस्तान गरी चार देशमा मात्र हुने गरेको छ । 

यसमा पनि नाइजेरियामा सबैभन्दा बढी १९ हजारको मृत्यु भएको छ । भारत यस मामिलामा दोस्रो स्थानमा छ, जहाँ बार्षिक १९ हजारको ज्यान गएको छ भने कंगो १८ हजार र पाकिस्तानमा ११ हजारको ज्यान गएको छ ।

सन् २००० देखि २०२३ सम्म विश्वभर मातृ मृत्युमा ४० प्रतिशतले कमी आएको छ। यसको मुख्य कारण यस अवधिमा स्वास्थ्य सेवाको पहुँच बढेको र गुणस्तरमा सुधार आएर जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ