arrow

बालिका बलात्कारको अनुसन्धानमा तानिए मधेसका पूर्वप्रमुख अहिराज, चार दिनदेखि खोजी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
rajesh ahiraj.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) माथि प्रहरीले अनुसन्धान थालेको छ । काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको हो । 

बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौँ प्रहरी परिसरले अनुसन्धान थालेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । 

उनीमाथि जवरजस्ती करणी मुद्दामा प्रहरीले पक्राउ पुर्जीसमेत जारी गरेको छ । बोहराका अनुसार प्राप्त जाहेरीका आधारमा अनुसन्धान जारी रहेको छ । 

अहिराजले मधेसमूलकै एक नाबालिगलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । पहिले राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरी समक्ष पुगेकी थिइन् । 

उनले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेको चार दिन भए पनि अहिलेसम्म उनी सम्पर्कमा आएका छैनन् । 

अहिराज २०७७ साल फागुन ७ गते मधेस प्रदेश प्रमुख नियुक्त भएका थिए । तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई नियुक्त गरेका थिए । 

कार्यकालको करिब ६ पनि महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो । उनी मधेसवादी अभियन्ताका रुपमासमेत चिनिन्छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ