arrow

ट्रम्प चीनमाथि झन् क्रुर, लगाए दुई सय ४५ प्रतिशत कर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
trump-xi-tradewar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमाथि झन् क्रुर भएका छन् । ट्रम्पले अमेरिकामा चिनियाँ सामानमाथि २४५ प्रतिशत कर लगाउँदै क्रुरता प्रस्तुत गरेका हुन् । 

विश्वभरमै ट्रम्प उत्ताउलो देखिइरहेका बेलामा चीनमाथि झन् क्रुर बनेका हुन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकासँग व्यापार युद्ध गर्न आफू तयार रहेको सन्देश दिएसँगै ट्रम्पले पनि १२५ प्रतिशत कर बढाएर २४५ पुर्याएका हुन् । 

अमेरिकाले चीनमाथि लगाएको यो विश्वकै सबैभन्दा बढी हो । अमेरिकाले चीनलाई छाडेर बाँकी सबै देशलाई १० प्रतिशत कर लगाएको छ । 

अन्य देशमा बढाएको भए पनि ट्रम्पले युरोपेली मुलुकमा घटाएका थिए । चीनले अमेरिकी बोइङ जहाजका सामग्री अमेरिकाबाट नकिन्ने निर्णय गरेसँगै ट्रम्प थप झ्वाँकी बनेका हुन् । 

यसअघि अमेरिकाले १४५ प्रतिशत कर पुर्याएपछि चीन पनि आक्रामक हुँदै अमेरिकामा बन्ने बोइङका सबै सामग्री र डिभाइस नकिन्नका लागि सबै चिनियाँ विमान कम्पनीलाई आदेश दिएको थियो । 

चीनले पनि अमेरिकालाई दिने महँगा धातुको निर्यात पनि रोकेको छ । उसले सात महँगा धातुको निर्यातमा रोक लगाएको हो । 

जसमा असेम्बल गर्नुपर्ने कार, ड्रोनदेखि रोबोट र मिसाइलसम्मका चुम्बकीय शिपमेन्टमा रोक लगाएको हो । 

चीनले समेरियम, ग्याडोलिनियम, टरबियम, डिसप्रोसियम, ल्युटेटियम, स्केडियम, यिट्रियमजस्ता महँगा धातुमा पनि रोक लगाएको छ । 

सीले चीन कसैसँग नडराउने भन्दै ट्रम्पलाई चेतावनी दिएका हुन् । 

ट्रम्पले सात दिनमा चीनमाथि पटक पटक कर बढाएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ