arrow

यू–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
u19-nep-82-01-03.jpg

काठमाडौँ । आसीसीसी यू–१९ विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । मूलपानी क्रिकेट मैदान (तल्लो) मा नेपालले तेस्रो जित हासिल गर्ने क्रममा हङकङलाई ९ विकेटले पराजित गर्यो । 

११६ रनको सामान्य चुनौती नेपालले १२.३ ओभरमा एक विकेट गुमाउँदै ११८ रन बनायो। नेपालका साहिल पटेलले सर्वाधिक ४२ रन बनाए ।

अविजित रहेका उनले ४१ बलमा आठ चौका प्रहार गरे। अर्का ओपनर नीरजकुमार यादवले २३ रनको योगदान दिँदा कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे । उनले २३ बलमा आठ चौका प्रहार गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको थियो । हङकङका लागि शिवले ११६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन बनाए । 

दोस्रो विकेटका लागि शिव र आर्याले ५० रनको साझेदारी गरेका थिए । नेपालका लागि युवराज खत्रीले चार, विपिनप्रसाद शर्माले तीन सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिएका थिए । 

यसअघि नेपालले यूएई र ओमानलाई हराएको थियो । चौथो टिम अफगानिस्तान हो । समूह विजेता हुने टिम विश्वकपमा छानिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ