arrow

यू–१९ विश्वकप एसिया छनोट, नेपाल लगातार तेस्रो जित नजिक, हङकङ ११५ रनमै रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
u19-nep-82-01-03.jpg

काठमाडौँ । मूलपानीमा जारी आसीसीसी यू–१९ विश्वकप एसिया छनोट क्रिकेटमा नेपाल लगातार तेस्रो जित नजिक पुगेको छ । मूलपानी क्रिकेट मैदान (तल्लो) मा नेपाल जितका लागि मात्र ११६ रनको चुनौती पछ्याइरहेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको हो । हङकङका लागि शिवले ११६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन बनाए । 

दोस्रो विकेटका लागि शिव र आर्याले ५० रनको साझेदारी गरेका थिए । नेपालका लागि युवराज खत्रीले चार, विपिनप्रसाद शर्माले तीन सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिएका थिए । 

यसअघि नेपालले यूएई र ओमानलाई हराएको थियो । चौथो टिम अफगानिस्तान हो । समूह विजेता हुने टिम विश्वकपमा छानिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ