arrow

कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
mahila-sangh-resign-20.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । 

अध्यक्षको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले‍ सामूहिक राजीनामा दिएका हुन्।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्र लेखेर सामूहिक राजीनामा बुझाएका हुन् । सभापति देउवा पार्टी कार्यालयमा नभएपछि उनीहरुले पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई सामूहिक राजीनामा पत्र बुझाए । 

पत्रमा हालसम्म नेपाल महिला संघले विधान बमोजिम कुनै पनि काम अघि बढाउन नसकेको भन्दै उनीहरुले सामाजिक राजीनामा बुझाउन बाध्य भएको उल्लेख गरिएको छ । 

पटक पटक व्यक्तिगत र सामूहिक रुपमा बैठक बसी आवश्यक निर्णय गरेर पारदर्शी तबरले संगठनका क्रियाकलापहरुलाई सञ्चालन गर्न आग्रह गरेको र दिइएको अवधिभित्रमै तोकिएको जिम्मेवारी सम्बोधन गर्न आग्रह गरिरहेको अवस्थामा कुनै पनि सुनुवाइ नभएपछि बाध्य भएर राजीनामा बुझाएको उनीहरुको भनाइ छ । 

महिला संघको अधिवेशन गर्ने समय चैत मसान्तमा सकिइसकेको छ । तदर्थवादमा चलिरहेको उक्त समूहबाट राजीनामा दिने अधिकांश केन्द्रीय सदस्यहरू कांग्रेस महामन्त्री गगनकुमार थापा पक्षका हुन् । 

उनीहरुले पहिलेदेखि नै संघलाई पारदर्शी बनाएर जिम्मेवारीपूर्वक अगाडि बढाउन माग गर्दै आएका थिए । 

यसअघि गम्भीर कदम चाल्न पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाएका भए पनि उनीहरूको मागमा पार्टीले समेत कुनै चासो नराखेपछि बाध्य भएर राजीनामा दिएका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ