मुम्बई । कुनै समय कपूर परिवारमा केटीहरूलाई बलिउडमा काम गर्न प्रतिबन्ध लगाइएको थियो। कपूर परिवारका बुहारी र छोरीहरूलाई फिल्ममा काम गर्न दिइने गरिएको थिएन।
तर करिश्मा कपूरले आफ्नो परिवारको विरुद्धमा गएर बलिउडमा प्रवेश गरिन् र आफ्नो उँचो स्थान बनाइन् र त्यसपछि जब उनले यो सफलता हात पारिन् तब उनकी बहिनी करीना कपूरले पनि दिदीको पाइला पछ्याइन् ।
यसै बीचमा यो खबर आएको छ कि अब चाँडै कपूर परिवारकी अर्की छोरी पनि मनोरञ्जन क्षेत्रमा आफ्नो विशेष स्थान बनाउन आउँदै छिन् ।
समाचार अनुसार चर्चित कमेडियन कपिल शर्मा अब कपूर खानदानकी छोरीसँग स्क्रिन शेयर गर्न लागि परेका छन् । अब जसको बलिउड डेब्यु भएको खबर बाहिर आएको छ ।
उनी हुन् रणवीर कपुरकी जेठी बहिनी र नीतू कपूर–ऋषि कपूरकी छोरी एवं रणवीर कपूरकी बहिनी रिद्धिमा कपूर । यो खबरले रिद्धिमा बलिउडमा डेब्यु गर्दैछिन् भन्ने कुराको पूर्ण पुष्टि भइसकेको छ ।
राज कपूरको परिवारकी अर्की महिला सदस्य पारिवारिक व्यवसायमा सामेल हुन तयारी अवस्थामा छिन् किनभने रिद्धिमा कपूर अब बलिउड अभिनेत्री बन्ने भएकी छिन् ।
कमेडियन कपिल शर्माको फिल्म ‘किस किस से प्यार करू ?’ बाट अभिनेत्री बन्ने गरी रिद्धिमा कपूर बलिउडमा प्रवेश गर्ने तयारीमा छिन् । आशिष आर मोहन निर्देशित कमेडी फिल्ममा रिद्धिमा कपूरले उनीसँग स्क्रिन शेयर गर्ने हल्लाको पुष्टि स्वयं कपिल आफैँले गरेका छन् ।
जसरी रिद्धिमाले करियर बदलेकी छिन्, त्यो सबैका लागि ठूलो आश्चर्य हो । वास्तवमा रिद्धिमा कपूरलाई पहिले कहिल्यै अभिनय करियरमा रुची थिएन ।
केही वर्षअघि उनकी आमा नीतू कपूरले एक अन्तर्वार्तामा रिद्धिमा घरमा खुशी रहेको बताएकी थिइन् । परिवारले रिद्धिमालाई कुनै पनि काम गर्नबाट रोकेको भने थिएन ।
तर बाल्यकालदेखि नै रिद्धिमा कपूर फेशन डिजाइनिङ गर्न चाहन्थिन् किनभने उनलाई लाग्थ्यो कि अभिनय भनेको कुनै चियाको कप होइन, जति खेर मन लाग्यो, त्यतिखेर उचाल्न मिल्ने ।
खासमा पछिल्लो समयमा नीतूलाई रिद्धिमाको मिमिक्री एकदमै राम्रो लाग्यो। उनलाई राम्रो अफर पनि आयो तर उनी त्यसका लागि तयार थिइनन् ।
यससँगै अब रिद्धिमाको मनसाय फेरिएको देखिन्छ । र उनी कपिल शर्मासँग अन स्क्रिन शेयर गर्न राजी भएकी छिन् ।