arrow

गाजाका ३५ स्थानमा इजरेली आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २ मंगलबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । इजरेली सेनाले सोमबार गाजा पट्टीभर आक्रमणको नयाँ लहर शुरु गरेको बताएको छ । जसमा लगभग ३५ वटा लक्ष्यहरू निशाना बनाइएको छ । गाजा स्वास्थ्य अधिकारीहरूले इजरेली आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१३ पुगेको बताएका छन् । 

आक्रमण गरिएका स्थलहरूमा दक्षिणी गाजामा रहेको हतियार उत्पादन सुविधा र इजरेली भूभागलाई लक्षित गरी रकेट लन्चरहरू भएको प्रक्षेपण स्थल समावेश छ । 

दक्षिणी गाजाको रफाहमा इजरेलले शहरलाई काट्ने नयाँ सुरक्षा क्षेत्र निर्माण पूरा गरेको र इजरेली सेनाले २० मिटर गहिरो सुरुङ मार्ग ध्वस्त पारेको सेनाले जनाएको छ । 

इजरेलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । 

अक्टोबर २०२३ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा मृत्यु हुनेको संख्या ५० हजार ९८३ पुगेको छ भने १ लाख १६ हजार २७४ जना घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ