देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २ मंगलबार
694
Shares
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य पहाडी भेगका एक-दुई स्थानमा पनि यस्तो वर्षाको सम्भावना रहेको छ।
यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।