यू–१९ विश्वकप छनोटमा नेपाललाई दोस्रो सफलता, ओमानमाथि ८ विकेटको जित [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
728
Shares
काठमाडौँ। काठमाडौँमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार ओमानलाई पराजित गर्दै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ८ विकेटले विजयी भएको हो । ओमानले दिएको ११८ रनको विजयी लक्ष्य नेपालले १४.३ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।
नेपाललाई जिताउन ओपनर निराजकुमार यादवले ३१ बलमा ४६ रन बनाए । यस्तै अर्का ओपनर शाहिल पटेल ४२ बलमा ४४ रन बनाएर आउट भए । कप्तान नरेन भट्ट १२ र सन्तोष कार्की १० रनमा अविजित रहे ।
ओमानका सौम्यभविन सम्पथले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो । जित भ्रिजेश शाहले ७८ बलमा ५२ रन बनाए ।
नेपालका लागि युवराज खत्रीले पाँच विकेट लिए । उनले सात ओभरमा २ मेडन राख्दै १५ रन खर्चे । सन्तोष यादवले २ तथा दयान्नद मन्डल, अपराजित पौडेल र अशोक धामीले समान एक विकेट लिए ।
यसअघि नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डीएलएस पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी शुरुआत गरेको थियो।
ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ । ओमान आइतबार अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो ।
नेपाल, यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू १९ विश्वकपमा छनोट हुने छ ।