वैवाहिक जीवनमा विश्वासको वातावरण बन्ने, साझेदारी कामबाट लाभ प्राप्त हुने
ज्यो हरि पन्त,
प्रकाशित २०८२ वैशाख १ सोमबार
723
Shares
वृश्चिक राशिका लागि यो वर्ष मिश्रित रहन सक्छ । वर्षारम्भमा वृहस्पतिको गोचर सातौँ स्थानमा रहने भएकाले वैवाहिक जीवनमा विश्वासको वातावरण बन्ने, साझेदारी कामबाट लाभ प्राप्त हुने, लाभदायक छोटो यात्रा हुन सक्ने समय छ ।
जेठबाट वृहस्पतिको गोचर परिवर्तन हुने र शनि तथा राहु–केतुको गोचर पनि प्रतिकूल रहने भएका कारण आलस्यता वृद्धि हुने, झुट्टा आरोपहरुको सामना गर्नुपर्ने, चोटपटक लाग्न सक्ने, छाती तथा पेट सम्बन्धी समस्या आउन सक्ने, काममा ढिलासुस्ती र आर्थिक हानिको सामना गर्नुपर्ने हुन सक्ने भएकाले सतर्क रहनुपर्छ ।
यो वर्ष महिनाका दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना शुभ रहेका छन् । त्यस्तै असार, कार्तिक र फाल्गुन महिना अशुभ छन् भने अन्य महिना सामान्य छन् ।
वैशाखः लामो यात्रा र खर्चमा वृद्धि जेठः स्वास्थ्यमा समस्या असारः मानसम्मानमा हानि साउनः सुख र धनवृद्धि भदौः गुमाएको धन हात लाग्ने असोजः खर्चमा वृद्धि कार्तिकः स्थान परिवर्तन मङ्सिरः स्वास्थ्य सम्बन्धित समस्या पुसः धनलाभ माघः मान सम्मानमा कमी फागुनः आर्थिक संकट र ऋण चैतः शत्रुनाश
कर्मक्षेत्र / जागिरः वृश्चिक राशिका लागि वि.सं. २०८२ उपलब्धिमूलक रहनेछ। राशिस्वामी मंगल वर्षारम्भ कुण्डलीको भाग्य भावमा बसेका छन् । जसले भाग्यमा अभिवृद्धि गराउनसक्ने देखिन्छ। नेतृत्व क्षमतामा वृद्धि हुने देखिन्छ। आर्थिक दृष्टिले यो वर्ष मिश्रित फलदायी रहनेछ। वाणिज्य व्यापारमा उन्नति हुने देखिन्छ। जलीय वस्तुको व्यसाय विशेष लाभदायी रहनेछ। यसैगरी कस्मेटिक एवं रेशमी मुलायम वस्तुको व्यवसाय पनि उन्नत रहनेछ । श्रावणदेखि कार्तिक महिनासम्म शनि साढेसातीको पुनः वक्रीभई धनस्थानमा प्रवेश हुनेछ ।
शैक्षिक क्षेत्रः प्रतिस्पर्धामा अग्रस्थान प्राप्त हुनेछ। मिहिनेतको उचित प्रतिफल भने मिल्नेछ। श्रवणदेखि कार्तिक महिनासम्मको समय अध्ययन अध्यापनका दृष्टिले उत्तम रहनेछ । वाक्कलाका साथै लेखन क्षेत्रमका पनि विशेष अग्रसर रहने देखिन्छ। वैदेशिक क्षेत्र एवं यात्राः वैदेशिक क्षेत्रका साथै यात्राका दृष्टिले यो वर्ष फलदायी रहनेछ। निर्णय प्रक्रियामा सजग रहनु नै उचित हुनेछ। शत्रुपक्ष सबल रहने भएकाले कार्यमा व्यवधान पनि खडा गर्न सक्नेछन्। दुर्गा भगवतीको उपासनाले कार्य क्षमतामा वृद्धि हुने देखिन्छ।
स्वास्थ्यः स्वास्थ्यका दृष्टिले यो वर्ष मिश्रित फलदायी रहनेछ । वात प्रकृतिका विकारले केही दुःख दिनसक्नेछन्। कार्तिकदेखि स्वास्थ्यमा प्रतिरोधात्मक क्षमता वृद्धि हुने देखिन्छ। शीतकार वस्तुको प्रयोगमा सजग रहनु नै उचित हुनेछ। नियमित व्यायामका साथै योगाभ्यास यो वर्ष विशेष लाभदायी रहने देखिन्छ।
पारिवारिकः पारिवारिक दृष्टिले यो वर्ष सुखद् रहनेछ। आफन्त एवं इष्टमित्रको साथ सहयोग प्राप्त हुनेछ। सन्तान सुख मिल्नेछ । प्रेमप्रणयका दृष्टिले वर्ष सबल रहनेछ । सम्बन्धमा प्रगाढता थपिने देखिन्छ । नयाँ प्रेम सम्बन्ध स्थापित गर्नेका निम्ति पनि नयाँ वर्ष सुखद् रहनेछ । प्रेम बन्धनमा रहनेका निम्ति वैवाहिक सम्बन्धका योग पनि देखिन्छन्।
राजनीतिः राजनीतिको क्षेत्र सफल रहने देखिन्छ । नेतृत्व क्षमतामा वृद्धि हुनेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै पद प्रतिष्ठा प्राप्तिका योग पनि देखिन्छन्। राजनीतिमा संयमका साथै सहकार्यका भावना लाभदायी रहनेछन् ।
उपायः आध्यात्मिक चिन्तनमा मन अभिप्रेरित रहनेछ। धनको क्षेत्र सबल बनाउन दुर्गा भगवतीको उपासना लाभदायी रहने देखिन्छ । यसैगरी स्वास्थ्यमा सबलताका निम्ति भगवान् शिवको उपासना कल्याणकारी रहनेछ। भगवान विष्णु र गणेशको उपासना गर्दै साथै ग्रह शान्ति गराएर सुख प्राप्त गर्न सक्नुहुनेछ। अशक्तहरूको सेवा गर्नुहोस्।
शुभ रंगः सेतो, आकाशे, हरियो र कालो । शुभ अंकः ६, ८ र ४ । शुभ बारः बुधबार, शुकबार र शनिबार । शुभ महिनाः साउन, भदौ र पुष ।