arrow

देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, वर्षको पहिलो दिन यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज नयाँ वर्षको पहिलो दिन कोशी प्रदेश, मधेस प्रदेश र देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेश, मधेस प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ