फरार हत्यारा ३१ वर्षपछि पक्राउ, जन्मकैद कारागार पठाइयो
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ चैत ३१ आइतबार
846
Shares
काभ्रे । कर्तव्य ज्यान कसूरमा फरार अपराधी ३१ वर्षपछि पक्राउ परेका छन् । २०५० सालमा हत्या गरी भागेका काभ्रेको हालको चौरीदेउराली गाउँपालिका ३ दूतीका ५७ वर्षे दानबहादुर प्रधानलाई प्रहरीले आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकामा आजै कारागार पठाइएको छ ।
उनको कर्तव्य ज्यानको मुद्दाको फैसला २०७६ साल मंसिर २८ गते भएको थियो ।