arrow

चारदेशीय टी–२०

उपाधिका लागि नेपालले कुवेतबाट पायो १७५ रनको चुनौती

नेपालले टस जित्यो, खेल जित्न बाँकी, कतारलाई एक रनले हराउँदै हङकङ तेस्रो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
cricket-nep-kuw-2025.jpg

काठमाडौँ । हङकङमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको उपाधिका लागि नेपाल र कुवेत भिडिरहेका छन् । 

उपाधिका लागि नेपालले १७५ रनको चुनौती पाएको छ । खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गरेसँगै ब्याटिङ गरेको कुवेतले ७ विकेटको क्षतिमा १७४ रन बनायो । 

ओपनर खेलाडी रविजा सान्दरुवानले ३६ बलमा ६३ तथा उस्मान पटेलले १५ बलमा २३ रन जोडे । 

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए । 

लिग चरणका खेल सकिएसँगै अंक तालिकाको शीर्ष दुईमा रहेका टिमले उपाधिका लागि फाइनल खेलिरहेका हुन् । नेपालले ५ तथा कुवेतले ४ अंक ल्याउँदै फाइनल खेलिरहेका हुन् । 

नेपालले लिग चरणमै कुवेतमाथि ६ विकेटको जित हासिल गरेकाले उपाधिसमेत जित्ने दाबी गरिएको छ । 

हङकङ तेस्रो 
आयोजक हङकङ तेसो भएको छ । बिहान तेस्रो स्थानका लागि भएको खेलमा हङकङले कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्यो । 

खेलमा पहिले ब्याटिङ गरेको हङकङले ६ विकेटको क्षतिमा १८८ रन बनायो । आंशि राथले ६० बलमा ९७ रन बनाए । 

जवाफमा कतारले कप्तान इक्रामुल्लाह खानको ३५ बलमा ५५, शाहजैब जमिलको २० बलमा ४४ तथा जसिम खानको ७ बलमा अविजित २० रनको मद्धतले ५ विकेटको क्षतिमा १८७ रन बनायो । 

लिगमा ३ अंकसहित तेस्रो भएको हङकङ र अंकविहीन कतारले तेस्रो स्थानका लागि खेलेका थिए । 

नेपालका यसअघिका खेल
नेपाल र हङकङ

लिग चरणको अन्तिम नेपाल र आयोजक हङकङबीचको खेल वर्षाले रद्द भयो । हङकङको मोङककमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको हङकङले वर्षाले खेल रोकिनुपूर्व ९ ओभर खेल्दा ३ विकेट गुमाएर ६८ रन बनाएको थियो । 

नेपालका लागि ललित राजवंशीले २ तथा नन्दन यादवले १ विकेट लिएका थिए । त्यसपछि वर्षाले पुनः खेल हुन नसकेसँगै रद्द भएको थियो ।

रद्द हुँदा नेपाल दुई जित र एक बराबरीसँगै ५ अंकसहित शीर्ष स्थानमा रहन पुग्यो भने ४ अंकसहित कुवेत दोस्रो भयो । 

३ अंकसहित हङकङ तेस्रो भयो । अंकविहीन कतार चौथो भयो । 

नेपालले यसअघि पहिलो खेलमा कतारलाई ८ विकेटले र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । 

नेपाल र कुवेतको खेल
नेपालले जितका लागि १८६ रनको चुनौती १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपाललाई जिताउन अलराउन्डर कुशल भुर्तेलले ५० बलमा ८१ रन जोडे । 

त्यस्तै पहिलो विकेटका लागि कुशलसँग १२७ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले ३८ बलमा ५३ रन बनाए । 

त्यस्तै दिपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन जोडे । गुल्सन झाले ३ बलमा अविजित रहँदै ९ रन बनाए ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो । 

कुवेतका लागि क्लिन्टो एन्टोले ३० बलमा ४१, मिट भाब्सरले २८ बलमा ३५ तथा बिलाल ताहिरले १३ बलमा ३२ रन बनाए । 

नेपालका लागि सोमपाल कामीले ३६ रन खर्चेर ३, नन्दन यादवले ३४ रन खर्चेर २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १–१ विकेट लिए । 

नेपाल र कतारको खेल
नेपालले बुधबार बिहान भएको पहिलो खेलमा कतारमाथि ८ विकेटको शानदार जित हासिल गरेको हो । 

आक्रामक ब्याटिङ गरेको नेपालले एक सय ५२ रनको चुनौती मात्र १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । 

पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले १९ बलमा ३८ तथा आसिफ शेखले २१ बलमा ३३ रन बनाए । 

त्यस्तै तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्ने क्रममा कप्तान रोहित पौडेलले २९ बलमा अविजित रहँदै ३७ तथा बसिर अहमदले ३३ बलमा अविजित रहँदै ३० रन बनाए । 

दुवै विकेट मुजिब उर रहमानले लिएका हुन् । यसअघि हङकङको मोङककमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको कतारले ५ विकेटको क्षतिमा १५१ रन बनायो । 

कप्तान इक्रामुल्लाह खानले ५४ बलमा ५४ बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राववंशीले १–१ विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ