विश्वकप एसिया छनोटमा नेपाल र यूएई मैदानमा, नेपाल ब्याटिङमा
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
510
Shares
काठमाडौँ । काठमाडौँमा आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि शुरु भएको छ । घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
खेल तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि हुनुपर्नेमा वर्षाका कारण मैदान भिजेकाले ढिला गरी शुरु भएको हो । खेलमा यूएईले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
नेपालले पहिले ब्याटिङ गरिरहेको छ । खेललाई ४० ओभरमा झारिएको छ ।
प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् ।
नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन् ।
आजको अर्को खेलमा माथिल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ओमान र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्नेछन् ।