arrow

एफवान सफ्ट ग्रुपद्वारा २०२५ बैङ्कर्स' मिटअपको आयोजना

नेपालको वित्तीय क्षेत्रलाई बैङ्किङको नयाँ युगतर्फ अग्रसर गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
f1-soft-bankers-meetup-2025.jpg

ललितपुर। एफवान सफ्ट ग्रुप अन्तर्गतका एफवान सफ्ट इन्टरनेशनल, फोनपे र ईसेवासँगको योजनागत साझेदारीमा आज ललितपुरस्थित द प्लाजामा २०२५ को बैङ्कर्स मिटअप सफलतापूर्वक सम्पन्न भएको छ। यस विशेष, अत्यन्तै  प्रतीक्षित वार्षिक कार्यक्रमले नेपालका प्रमुख बैङ्क र वित्तीय संस्थाका सीईओहरू र वरिष्ठ नेतृत्वकर्ताहरूलाई एकै मञ्चमा सङ्गठित गरिएको कम्पनीले जनाएको छ।

जहाँ डिजिटल भुक्तानी क्षेत्रमा नवीनतम प्रविधि र सेवाहरू प्रस्तुत गर्दै भविष्यमुखी छलफल र सहकार्यको महत्त्वमा केन्द्रित प्रस्तुतिहरू गरिएका थिए।

नेपालको वित्तीय क्षेत्रमा करिब एक दशकदेखि बैङ्कर्स मिटअप  सबैभन्दा प्रतिष्ठित बन्द-ढोका कार्यक्रमको रूपमा स्थापित रहँदै आएको छ। यसले रणनीतिक साझेदारी, सहकार्यको संस्कृति र नेपालको बैङ्किङ क्षेत्रको आगामी अध्याय निर्माण गर्ने अद्वितीय मञ्च प्रदान गर्दछ। 

यस वर्षको कार्यक्रम डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता डेटा र ओपन बैङ्किङ इकोसिस्टम ‘डिजिटल ट्रान्सफर्मेशन, एआई, डाटा & ओपन बैङ्किङ एसोसिस्टम्स ’ को प्रभावमा केन्द्रित गरिएको थियो। जसले वित्तीय सेवाहरूको परिभाषा नै नयाँ रूपले पुनः परिकल्पना गरेको छ। 

यस कार्यक्रमको मुख्य आकर्षणको रूपमा एफवान सफ्ट इन्टरनेशनल, फोनपे र ईसेवाद्वारा गरिएका नयाँ र विशेष फिनटेक नवप्रवर्तनहरूको सार्वजनिक घोषणा थियो, जहाँ हरेक समाधान ‘बैङ्किङ टुमारो एण्ड बियोन्ड’ शीर्षकसँग मेल खाने गरी प्रस्तुत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

फोनपेले ओपन बैङ्किङ र ब्लकचेन प्रविधिमार्फत सक्षम खाता सङ्कलकको नयाँ अवधारणा प्रस्तुत गर्‍यो। यो प्रविधिले बैङ्कहरूलाई डिजिटल रूपमा  सशक्त ग्राहकहरूलाई आफ्ना वित्तीय डाटामाथि अझ बढी सुविधा, पारदर्शिता र नियन्त्रण दिने सहज बनाउनेछ।

ईसेवाले आफ्नो नयाँ(एजेन्टिक एआई) प्रविधि सार्वजनिक गर्‍यो। यसले प्रयोगकर्ताहरूलाई वित्त व्यवस्थापन, यात्रा योजना र आवश्यकता परेमा वास्तविक समयमा एआई सहयोग उपलब्ध गराउने कार्यमा एआईको प्रयोग गरेर अझ स्मार्ट र अत्यधिक व्यक्तिगत अनुभवहरू सिर्जना गर्दछ।

एफवान सफ्टले आफ्नो डिजिटल अनबोर्डिङ प्लेटफर्म प्रस्तुत गर्‍यो। जसले अप्टिकल क्यारेक्टर रिकग्निशन र फेशियल रिकग्निशन प्रविधिको प्रयोगमार्फत प्रयोगकर्तालाई सहज, छिटो र सुरक्षित अनबोर्डिङ अनुभव प्रदान गर्दछ।

कार्यक्रमलाई अझ विशेष बनाउनका लागि प्रमुख वक्ता रूपमा आमन्त्रित गरिएको थियो माइकल क्लार्कलाई, जो फ्यूचर (भविष्यका) प्रविधिहरू, डाटा र एआई क्षेत्रमा विश्वभर चिनिएका विशेषज्ञ हुन्। र जसको मास्टरकार्ड र जेपी मोर्गनमा वरिष्ठ नेतृत्व अनुभव रहिसकेको छ।

क्लार्कले आफ्नो प्रस्तुतिमा बैङ्किङ क्षेत्रमा परम्परागत सोचलाई चुनौती दिँदै एउटा स्पष्ट रोडम्याप प्रस्तुत गरे। यसले प्रविधि, नीति र ग्राहक अपेक्षाहरूबिचको अन्तराल पूरा गर्ने ‘बौद्धिक परिवर्तन’ (इन्टेलेक्चुअल ट्रान्सफर्मेसन) को मार्ग देखाए। जसले नेपाली बैङ्किङ प्रणालीको भविष्यलाई पुनः परिभाषित गर्ने सम्भावना जगाएको छ।

यस वर्ष, सहभागीहरूलाई एफवान सफ्ट, फोनपे र फोनलोनद्वारा विशेष रूपमा तयार गरिएको 'एक्सपेरिएन्स जोन' मा सहभागी गराइयो, जहाँ उनीहरूले तिनै कम्पनीका नव प्रवर्तनात्मक उत्पादनहरूको लाइभ डेमो प्रत्यक्ष रूपमा अनुभव गर्न पाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै एफवान सफ्ट ग्रुपका नयाँ अध्यक्ष सिद्धान्त ठकुरीले भने, “बैङ्किङको भविष्य डाटा, इन्टेलिजेन्स र समावेशी अभ्यासको सङ्गममा आधारित छ। बैङ्कर्स’ मिटअप २०२५ को मञ्चबाट, हामी केवल परिवर्तनको मात्र कुरा गर्दैनौँ—नेपालको वित्तीय नेतृत्वकर्ताहरूको सहकार्यमा यस परिवर्तनलाई साकार पारिरहेका छौँ।”

नेपालका वित्तीय संस्थाहरू अब भविष्य तर्फ द्रुतगतिमा अग्रसर छन् र बैङ्कर्स मिटअप २०२५ ले यस प्रगतिको लागि न केवल मञ्च मात्र होइन, आगामी दिनहरूको स्पष्ट रूपरेखा पनि प्रस्तुत गरेको छ।

एफवान सफ्ट ग्रुप
एफवान सफ्ट ग्रुप एक विविध डिजिटल वित्तीय सेवा (डिएफएस) कम्पनी हो। जसले २१ वर्षभन्दा बढीको सञ्चालन अनुभव सहित विभिन्न संस्करणमा  निरन्तर रूपमा डिएफएस उत्पादन र सेवाहरूमा नवप्रवर्तन गर्दै आएको छ। एफवान सफ्टले नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे र डिजिटल वालेट विकास गरेकोमा गर्व गर्दछ।

एफवान सफ्टका उत्पादन र सेवाहरू ६० भन्दा बढी बैङ्क र वित्तीय संस्थाका २ करोड ३० लाखभन्दा बढी प्रयोगकर्ताहरूले प्रयोग गर्दै आएका छन्। यस संस्थाले नेपालीलाई सरल, छिटो र सहज तरिकामा औपचारिक डिजिटल वित्तीय पारिस्थितिक प्रणालीमा समावेश गराउन सक्षम बनाएको छ। अब एफवान सफ्टको उद्देश्य यो सेवा संसारभरका प्रयोगकर्ताहरूलाई उपलब्ध गराउनु हो।

एफवान सफ्ट ग्रुपसँग ११ सहायक कम्पनीहरू छन् जसले विभिन्न फिनटेक समाधानहरूमा केन्द्रित गरेका छन्। जसमा डिजिटल बैङ्किङ सिस्टम र मोबाइल बैङ्किङ एप्लिकेशन (एफवान इन्टरनेशनल), डिजिटल लेंडिङ (फोनलोन), डिजिटल वालेट (ईसेवा), डिजिटल भुक्तानी (फोनपे), डिजिटल रेमिटेन्स सेवा (ईसेवा मनी ट्रान्सफर), नियो बैङ्किङ (फोनेन्क्स्ट) र अन्य सेवाहरू समावेश छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ